सुदिप गिरी, जलथल/जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान नेपाल (बाल संस्कार केन्द्र) को सत्संग भवन हल्दिबारी ३ ढडुबा चाेक उत्तर शिलान्यास कार्यक्रम शुक्रबार( आज) सम्मान भएको छ।
निमार्ण गर्न लागेकाे भवनकाे लम्बाई ६० फुट र चाैडाई २० फुट रहने छ। जसभित्र २ काेठा र शाैचालय र स्नान घर रहने कुरा जानकारी दिएको थियाे छ।
यहि वर्षको अन्तिम सम्ममा भवनले स्वारुप पाईसक्ने प्रदेश अध्यक्ष जितेन्द्र राठीले बताउनु भएको छ कोशी प्रदेश समिती उपाध्यक्ष रहनु भएकी ईश्वरा तिवारी र उहाँको तिवारी परिवारले निशुल्क दिएको एक कट्ठा जमिनमा बिराटनगर निवासी उधोग पति प्रकाश मुन्डराले भवन निमाण दाता रहनु भएको छ।
संस्थाका झापा जिल्ला अध्यक्ष शंकर भट्टराईकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि जनकल्याण प्रतिष्ठान प्रदेश अध्यक्ष जितेन्द्र राठि र उहाँकाे धर्म पत्नि , प्रदेश सदस्य इश्वर पोख्रेल हल्दिबारी सञ्च अध्यक्ष लखन हेमराम, कोशी प्रदेश अभियान प्रमुख याेगमाया न्यापाैने , हल्दिबारी वडा नम्बर ४ का अध्यक्ष सन्त कुमार थापा, भवन निर्माण समिति संयाेजक राजेन्द्र वानिया, जिल्ला सदस्य पन्डित नरेश अधिकारी स्थानीय समाजसेबी लक्ष्मी प्रसाद खनाल राजेन्द्र ओली लगायत सामाजिक अगुवाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे भने प. सोमनाथ सुबेदीले सस्थाको ध्याय ,उदेश्य र उपलब्धिको बारेमा बताउनु भएकाे थियाे।