हल्दिबारी गाउँपालिका ४ मंगलबारे बजार उतर काठमिल अगाडि भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका हल्दिबारी ४ का जयराम किस्कु ,हल्दिबारी ३ का जधन किस्कु र जसिव किस्क रहेको प्रहरीले बताएको छ ।
मे ४ प ५२०७ नम्बरको मोटरसाइकलमा सवार तिनैजना दुर्घटना परि घाइते भएका हुन । उनीहरुलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।
काजली भट्टि तर्फबाट ओभर स्पिडमा आएका उनिहरुको मोटरसाइकल सडक बिभागले गाडेको पोलमा ठोकिँदै दुर्घटनामा परेको स्थानीयले बताएका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
3
+1
+1
1
+1
4
+1
1