सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा विवाहका लागि घरबाट भागेका जोडी मृत अवस्थामा भेटिएका छन्।
भागिराम खड्काका छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। वडा नं ४ का वडाध्यक्ष नन्नराम बाँठाका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा टहरामा भेटिएका थिए भने सपना भुइँमा मृत अवस्थामा थिइन्। लोकेन्द्रले विवाहका लागि सपनालाई भगाएका थिए।
घटनाको बेला लोकेन्द्रका बुबाआमा उपचारका लागि नेपालगञ्ज गएका थिए। प्रहरीले बुवाआमा आएपछि मात्रै कानुनी प्रक्रिया सुरु गर्ने र घटनाको विस्तृत अनुसन्धान गर्ने जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
1
+1
4
+1