काठमाडौं, १३ माघ । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ इन गेष्ट हाउस को कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी समिरा तामाङको शव फेला परेको हो।
प्रहरीका अनुसार मृतक तामाङ सोही होटलमा बसेकी थिइन्। हाल घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
1
+1
+1