अछाम, १३ माघ । अछामको ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा दुई किशोरीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृतकहरू ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र सरस्वती खड्का हुन्। उनीहरू नातामा फुपूभदै रहेको स्थानीयले बताएका छन्।
प्रहरी निरीक्षक टेक बहादुर देउवाका अनुसार, शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका किशोरीहरू साँझसम्म घर नफर्किएपछि आफन्तहरूले खोजी थालेका थिए। शनिबार बेलुका उनीहरूको शव सिस्ने ओढारमा फेला परेको हो।
प्रहरीलाई घटनाबारे जानकारी बेलुकी ७ बजे प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुगेका छन्। घटनाको अनुसन्धान भइरहेको र मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1
1