हल्दिबारी, १३ माघ । झापाको हल्दिबारी गाउँपालिकामा स्वास्थ्य र शिक्षा सम्बन्धी अध्ययन अवलोकनको सिलसिलामा झापा गाउँपालिकाको जनप्रतिनिधिहरूसहितको टोलीले भ्रमण गरेको छ।

झापा गाउँपालिका, जसले बिकास निर्माण, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ, उक्त टोलीले हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गरेको हो।

भ्रमणमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, कार्यवहाक अध्यक्ष अन्जुदेवी थपलिया, र वडा अध्यक्षहरू सहभागी थिए। टोलीले हल्दिबारीमा संचालित आधारभूत अस्पताल, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगति र सुधारको विषयमा छलफल गरेको थियो।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन र अन्य जनप्रतिनिधिहरूले टोलीलाई स्वागत गर्दै, अनुभव साटासमेत गरेका छन्। तस्विर हल्दिबारी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार