ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट सेनाको विमानमार्फत काठमाडौं लगिएको छ। घाइते व्यक्तिहरू यामबहादुर लिम्बू, सगुन लावती, र धर्मान पालुङ्वूलाई उपचारका लागि काठमाडौं लैजानु परेको हो, जहाँ विराटनगरको नोबेल अस्पतालमा उपचार सम्भव नभएको थियो।

झडपका क्रममा १८ जना घाइते भएका छन्, जसमा १२ जना प्रहरी र ५ जना आन्दोलनकारी छन्। निर्माण कम्पनीले मंगलबारदेखि केबलकार निर्माणको काम सुरु गरेपछि स्थानीय पहिचान पक्षधरहरूले ‘नो केबलकार आन्दोलन’ चलाउँदै विरोध जनाएका छन्।

यसै क्रममा, पाथीभरा क्षेत्रको पहिचानमा असर पर्ने भन्दै, ‘नो केबलकार’ आन्दोलनमा सहभागी समूहहरूले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। ६ वटा संघर्ष समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

मेची हाइवे, तमोर करिडोर, र तेह्रथुमबाट ताप्लेजुङमा प्रवेश गर्ने नाकामा यातायात बन्दको घोषणा गरिएको छ। आन्दोलनकारीहरूले केबलकार निर्माण रोक्न, सैन्यकरण फिर्ता गर्न, झुटा मुद्धा लगाउने कार्य बन्द गर्न र आन्दोलनको क्रममा गोली प्रहारको घटनामा दोषी रहेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई माफी माग्नुपर्ने माग गरेका छन्।

विज्ञप्तीमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा ग्लोबल आइ.एम.इ. बैंक बन्द गर्ने, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रवेशमा रोक लगाउने, र राज्य आतङक र केबलकार निर्माण खारेजीका मुद्दामा कोषसभा गर्ने पनि उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार