काठमाडौँ । गत माघ २ गते अभद्र व्यवहारको मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई
१० हजार धरौटीमा आज रिहा गरे सगै पुन पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरे सगै पुन प्रकाउ गरिएको । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनु भएको छ ।
आशिकालाई धरौटी बुझाएपछि फेरि प्रहरीले पक्राउ गरेको । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।
काठमाडौँका प्रजिअका अनुसार , ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’