कविता : “गङ्गाजल“
उसले छेउको गिलास उठायो
गिलासमा रहेको रक्सीको
एक सुर्को चुस्की लियो
अनि बोल्यो
“यो गङ्गाजल हो,
खाएपछि
सबैले पाप देखि पुण्य
आचरण देखि धर्म
विकास देखि सिद्धान्त
सबैका कुरा गर्दछन
अनि पाप पखाल्दछन्”।
अनि उसले गङ्गाजल
आफ्नै पेटमा अभिषेक गर्यो
र बोल्यो “एक आहुति” ।
✍️अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1