सुनसरी, १५ माघ । सुनसरीको धरान उपमहानगरपालिका-३ गौधारा क्षेत्रबाट मेडिकल सञ्चालक दम्पतीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
माघ १४ गते राति मेडिकल पसलमा लागूऔषध बिक्री भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मेडिकल पसलभित्र खानतलासी गर्दा काटुनमा लुकाइ राखिएको अवस्थाबाट नियन्त्रित औषधि बरामद गरेको हो।
पक्राउ परेकामा धरान-३ का ४१ वर्षीय सुरज वनेम र उनकी ४२ वर्षीया श्रीमती टिम्पल श्रेष्ठ रहेका छन्। उनीहरूकै पसलबाट ट्रामोल २,००० क्याप्सुल र स्पास्पेन ७,९३० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका दुवै पक्षविरुद्ध इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
+1