ओखलढुङ्गा । खोटाङबाट बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ–७ भण्डारे खोलामा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी अनुप पौडेलका अनुसार बिहीबार बिहान करिब ८ बजे उक्त दुर्घटना भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुग्दा सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो भने तीन जनाको मृत्यु भइसकेको थियो।

मृत्यु हुनेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका निवासी ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ, र खोटाङकै रुपाकोट मझुवागढी नगरपालिका–१२ की ३५ वर्षीया तारा गुरुङ रहेका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म सुमोका चालक सम्पर्कविहीन रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्बिर: सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार