हल्दिबारी । न्यू स्टार इङ्गलिस स्कुलको आयोजनामा निःशुल्क आँखा तथा कान जाँच शिविर विद्यालय परिसरमा सम्पन्न भएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार दंगालको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी वडा नं-५ का वडा अध्यक्ष खड्ग लावती रह्नु भएको थियो ।
कार्यक्रममा आँखा विशेषज्ञ कविन्द्र राजवंशी ,आँखा प्राविधिक भाष्कर उप्रेती ,कृष्ण सागर अङ्ग्रेजी विद्यालयका प्रिन्सिपल नितेश खरेल ,सञ्चारकर्मी तथा सामाजिक अभियान्ता अभिषेक खतिवडा, अभिभावक , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
नव दृष्टि आँखा जाँच तथा चश्मा घर राजगढको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा ३१० जना लाभान्वित भएको आयोजकले जनाएको छ । जसमा २३ जना लाई कान र २ जनालाई आँखाको समस्या देखेर रिफर गरिएको छ ।
शिविर कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि लावतीले कार्यक्रमको सफलताको कामना सहित सामाजिक कार्यक्रममा वडाकार्यालले विद्यालयलाई गर्नु पर्ने सहयोग सदैव गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। विद्यालयले अध्यापन गराउने कार्यमा मात्र नभएर रचनात्मक कार्य मार्फत शिक्षण सिकाई गर्ने कार्यक्रम तारिफयोग्य रहेको मन्तव्य मार्फत व्यक्त गरेका छन।
सञ्चारकर्मी खतिवडाले संवेदनशिल अङ्ग आँखा र कानको संरक्षण गर्नु पर्ने कुरामा जोड दिएका छन । बढदो मोबाइल र कम्प्युटरको प्रयोगले विद्यार्थी सगै मानवजिवनको आँखामा असर पर्ने गरेकाले संवेदनशिल बन्न आग्रह गरेका छन।
सस्थागत विद्यालय संचालक तथा कृष्ण सागर अङ्ग्रेजी विद्यालयका प्रन्सिपल खरेलले विद्यालयले गर्ने येस्ता खालका सामाजिक कार्यक्रममा कहिले काहिँ थुप्रै नकारात्मक चुनौती पनि सामाना गर्ने पर्ने दुखेसो व्यक्त गरेका छन।उनले कार्यक्रमले समाजमा समेत उर्जा प्रदान गर्ने गरेकाले यस्ता खालको कार्यक्रममा आफ्नो विद्यालय पनि सकारात्मक सँँग समाज सँँग जोडिरह्ने व्यक्त गरेका थिए।
प्रमुख अतिथि लावतीले ब्यानर वाचन गरेर औपचारिक उद्घाटन गरेको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल याम दंगाल गरेको थिए भन्ने संचालन बिष्णु दंगालले गर्नु भएको थियो।