झापा । भद्रपुर-१०, चन्द्रगढीस्थित विवेक कार्की साङ्गीतिक प्रतिष्ठान नेपालले दिवंगत गायक विवेक कार्कीको आठौं स्मृति दिवस भव्य रूपमा मनाएको छ। स्मृति दिवस मिति २०८१ माघ १७ गते, मंगलवार, श्री कृष्ण आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर-१० का समाजसेवी तथा विद्यालयका संस्थापक एवम् सल्लाहकार संयोजक हिरा पोखरेल थिए। विशेष अतिथिका रूपमा विद्यालयका PTA अध्यक्ष तथा लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरका अध्यक्ष लव पोखरेल तथा वडा सदस्य सङ्गीता कोईराला रहनुभएको थियो। कार्यक्रममा विद्यालयका ३८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो।
प्रतिष्ठानकी कोषाध्यक्ष लता खरेलले दिवंगत गायक विवेक कार्कीको परिचय गराउनु भयो। प्रतिष्ठानका सचिव तथा गायक निरज पोखरेलले गीतमार्फत विवेक कार्कीलाई सम्झनु भयो।
प्रतिष्ठानकी महासचिव रुमा राजबङ्शीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य तथा विद्यालयका प्रधानाध्यापक गोकुल राज न्यौपानेले दिनुभएको थियो। कार्यक्रम सञ्चालन कोषाध्यक्ष लता खरेलले गर्नुभएको थियो।
प्रमुख अतिथिले व्यानरमा लेखिएका शब्दहरू वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। विशेष अतिथि लव पोखरेल र सङ्गीता कोईरालाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका सदस्य शालिकराम नेपालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। समापन मन्तव्य महासचिव रुमा राजबङ्शीले दिनुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो।
स्वर्गीय गायक विवेक कार्कीको २०७३ माघ १७ गते अप्रत्याशित निधन भएको थियो। उहाँका माता रीता कार्की र पिता लक्ष्मी कार्कीले विवेक कार्कीको स्मृतिमा स्वर्गीय विवेक कार्की स्मृति साङ्गीतिक प्रतिष्ठानको स्थापना गर्नुभएको थियो। प्रतिष्ठानले हरेक वर्ष माघ १७ गते विशेष कार्यक्रमको आयोजना गर्दै विवेक कार्कीको स्मृति दिवस मनाउँदै आएको छ।