झापा । नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । यसअघिका निर्वाचनमा अरुलाई जिताउनुभयो, अब आफै जित्ने गरी राम्रो तयारी गर्नुहोस्, उहाँले भन्नुभयो ।

बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता मिलन कार्यक्रममा सम्बोधन गर्दै नेता विश्वकर्माले अरुलाई जिताउनुपर्ने दिन अब सकिएको धारणा व्यक्त गर्नुभयो । नेकपा एमाले बाह्रदशीका करिव ७ सय नेता कार्यकर्ताहरु सहभागी भएको सो कार्यक्रममा उक्त अभिव्यक्तिले सबै हर्षित भएका थिए । झापा क्षेत्र नं. ३ मा पर्ने बाह्रदशी क्षेत्रका एमाले कार्यकर्ताहरु सुर्यमा मतदान गर्न चहान्छन् । केहि वर्षदेखि सुर्यमा मतदान गर्न नपाएका एमाले कार्यकर्ताहरुले नेता विश्वकर्माको अभिव्यक्ति सुनेर खुशी व्यक्त गरेका थिए । एमालेसँग कसैको पनि तुलना हुन नसक्ने उहाँको धारणा थियो । विरोधीहरुले पनि एमालेसँग कसैको तुलना नहुने स्वीकार गरिसकेको बताउनुभयो ।

सचिव विश्वकर्माले एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेसँग कसैको तुलना हुदैन, एमाले राष्ट्रिय शक्ति हो, उहाँले थप्नुभयो – ‘एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । एमाले निर्णायक शक्ति भएपछि मात्रै मुलुकमा अस्थिरताको अन्त्य हुनेछ ।’ राष्ट्रिय शक्ति नहुञ्जेलसम्म अस्थिरता झेलिरहनुपर्ने उहाँको धारणा थियो ।
केन्द्रीय सचिव विश्वकर्माले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध एमाले पहिलो र अनिवार्य शर्त भएको बताउनुभयो । कांग्रेस एमालेबीचको समझदारी रहुन्जेलसम्म मुलुकमा कुनै पनि समस्या नआउने बताउदै नेता विश्वकर्माले सरकार र पार्टीले सोही अनुसारको कामलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टीलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै उहाँले फराकिलो मन बनाएर काम गर्न निर्देशन दिनुभयो । पार्टीभित्र उदारभाव चाहिन्छ, सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहोस्, उहाँले थप्नुभयो । जनप्रतिनिधिहरुलाई प्रतिवद्धतालाई ख्याल गर्दै काम गर्न आग्रह गर्नुभएको छ ।
बाह्रदर्शी – ६ स्थित कञ्चन धरहरामा आयोजना गरिएको कार्यकर्ता मिलनले युवाहरुदेखि वृद्धसम्मका एमाले शुभचन्तकहरुलाई भेटको अवसर मिलाएको थियो । बाह्रदशी डाँडामा पर्ने धरहरा एमाले कार्यकर्ताहरुले भरिएको थियो । राता झण्डा र व्यानरले रंगिएको थियो । जताततै, सुर्य अंकित झण्डा, वृद्धदेखि युवाहरुको भेला थियो ।

सधैं पार्टीका कार्यक्रम, बैठकमा मात्र भेटिने नेता कार्यकर्ताहरु कञ्चन धरहरामा वनभोज समेत खोनगरी उपस्थित थिए । कार्यकर्ताहरुलाई वनभोज समेतको जानकारी दिइएको थियो । कम्युनिष्ट गीत संगितसहित मनोरञ्जनलाई प्राथमिकता दिइएको कार्यक्रममा नेता, कार्यकर्ताहरुलाई अन्तिममा सामुहिक नृत्यमा सहभागी गराइएको थियो । गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रदेशका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरि राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार