हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं-३ ढडुवा बजार देखि दक्षिण रहेको श्री पञ्चायत माध्यमिक विद्यालयले माघ २१ गते सस्वति पुजाको अवसर पारेर नयाँ भर्ना अभियान शुभराम्भ गरेको छ ।

विद्यालयले नयाँ भर्ना अभियानको क्रममा विद्यालयमा भर्ना हुन् आउने विद्यार्थीका लागि निशुल्क विद्यालय पोसाक र खरिद गर्नु पर्ने पाठ्यपुस्तक विद्यार्थीलाई निशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको कुरा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बनले जानकारी दिनु भएको छ ।

शान्तपुर्ण वातावरणमा अवस्थित विद्यालयमा आगामी शैक्षिकसत्र २०८२ देखि अङ्ग्रेजी माध्यमलाई लागु गर्ने विद्यालयले तयारी थालेको छ ।बाल कक्षा देखि कक्षा पाँच सम्म दिवा खाजाको व्यवस्थापन र श्रव्य दृश्य सामाग्री सहित पुस्तकालय र कम्प्युटरलायबको साथ शिक्षण सिकाई गराइने विद्यालय प्रशासनले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार