झापा। हल्दिबारी वडा नं-३ को सभाहलमा गाउँपालिकाको आयोजनामा आज एक कार्यक्रमका बिच एच.पि.भि खोप अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत संचालन भएको अभिमूखीकरण कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले गर्नु भएको थियो।

कार्यक्रममा अतिथिका रुपमा वडा सदस्य कर्ण भण्डारी , बिष्णुमाया तिम्सिना , लक्ष्मी माध्यमिक विद्यालयका सूचना अधिकारी मदन पोखरेल , पञ्चायत माध्यमिक विद्यालयका सूचना अधिकारी डिल्लीराम ढुङ्गेल , सञ्चारकर्मी तथा शिक्षक अभिषेक खतिवडा , शिक्षिका रुबिना गिरी ,रुमा डाँगी , स्वास्थ्य स्वयंसेवीका ,स्थानीय लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षक पोखरेलले कार्यक्रम सफलताको कामना व्यक्त गर्दै अभियान संचालन गर्ने निकायहरु प्रति धन्यवाद व्यक्त गरेका थिए।

वडागत खोप अभियान हल्दिबारी वडा नं-३ अनुसार माघ २२ गते लक्ष्मी माध्यमिक विद्यालयमा माघ २३ गते चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा माघ २४ गते र पञ्चायत माध्यमिक विद्यालयमा माघ २५ गते साथै छुटेका र विद्यालयका पहुँच भन्दा बाहिर रहेका लागि आधारभुत स्वास्थ सेवा केन्द्रमा सञ्चालन गरिने कार्यक्रममा सार्वजनिक गरिएको थियो। वडा अध्यक्ष ओलीले यस्तो भयावह बनाउने क्यान्सरका लागि संचालन गरिने सचेतनामुलक कार्यक्रममा वडा कार्यालयले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

खोप अभियान सगै परिवार नियोजनको स्थायी बन्ध्याकरण (पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप) निःशुल्क घुम्ती शिबिर सञ्चालन बारे सहभागीलाई जानकारी गराइएको थियो।कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, झापा द्वारा आयोजना गरिने कार्यक्रम माघ ३० र फाल्गुन १ गते दुई दिन जलथल स्वास्थ्य चौकी वडाबारीमा सञ्चालन हुने छ ।

हल्दिबारी वडा नं-३ को सभा हलमा सञ्चालन भएको खोप अभियानको अभिमुखिकरण कार्यक्रमको प्रशिक्षकको रुपमा स्वास्थ्यकर्मी करुणा थापा मगर रह्नु भएको थियो भन्ने कार्यक्रमको संचालन हिमा धमलाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार