वकनकाई नगरपालिका ७ नम्बर वडा स्तरीय बाल संजाल कनकाई नगरपालिका भित्रका वडा बाल संजाल उत्कट बाल संजालकोरुपमा सम्मानित भएको छ ।
आज कनकाई नगर बाल सञ्जालले एक कार्यक्रमको बिच सरस्वती वडा बाल संजाललाई यस वर्षको नगर उत्कृष्ट बाल संजालकोरुपमा घोषणा गरेको हो ।
नगर बाल सञ्जालको छैठोैं साधारणसभा एवं आठौँ पुर्न गठन कार्यक्रमको अवसरमा कनकाई नगर बाल सञ्जालद्वारा ७ नम्बर वडा स्तरीय बाल संजाललाई सम्मान पत्र प्रदान गरिएको छ ।
बालमैत्री स्थानीय शासनको मुख्य अंग बाल सहभागीताको पक्षलाई अवलम्बन गर्न स्थापित बाल संजालहरुमा नगर भित्र उत्कृष्ट कार्य सम्पादन गरेको र अन्य वडा भन्दा धेरै सक्रियता पुर्वक कार्य गरेकोले सम्मानित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1