अमेरिकामा अर्को विमान दुर्घटना भएको छ। उत्तरपूर्वी फिलाडेल्फियाको घना बस्ती क्षेत्रमा शुक्रबार साँझ एक सानो विमान दुर्घटना हुँदा घर र सवारी साधनमा आगलागी भएको छ।

विमानमा ६ जना सवार थिए, र यो विमान मेडिकल ट्रान्सपोर्टेसन मिसनमा रहेको थियो, जसमा एक डाक्टर र एक बिरामी बालक सवार थिए। दुर्घटनामा जमिनमा रहेका केही मानिस पनि घाइते भएका छन्। विमान दुर्घटनाको कारण खुल्न सकेको छैन, तर यो दुर्घटना रुजवेल्ट मलको नजिकै भएको हो।

यस दुर्घटनाको केही दिनअघि, वासिङ्टन डिसीमा एक सैनिक हेलिकप्टर र यात्रुवाहक विमान बीचको टक्करमा ६७ जनाको मृत्यु भएको थियो। ब्ल्याक हक हेलिकप्टर र अमेरिकन एयरलाइन्सको जेट विमान पोटोम्याक नदीमा खसेका थिए। यस घटनामा २८ शव निकालिएको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार