शिवसताक्षी । सोनाम ल्होछार २८६१ को अवसरमा भएको तामाङ साँस्कृतिक महोत्सव २०८१मा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै धुमधामले सम्पन्न गरिएको छ ।

नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजना तथा टाँसी धार्गेलिङ गुम्बा ब्यबस्थापन समितिको ब्यबस्थापनमा शिवसताक्षी ११ झिलझिले स्थित टासी धार्गेलिङ गुम्बा परिसरमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्राले ब्यानर बाचन गरेर उद्घाटन गर्ने भएको थियो ।

उद्घाटन उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरमा आफ्नो कार्यकाल अवधीमा लामा स्कुल सुचारु गर्ने जानकारी दिए । उनले यस पालिकामा बहुजातीय,बहु भाषी समुदायको बसोबास रहेकोले आफुले सबै समुदायलाई समान रुपले हेर्ने गरेको बताए।उनले भने, शिवसताक्षी सबैको साझा फलुलबार भएकाले यहाँ कही कसैलाई भेदभाव हुने छैन ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश समिती सदस्य जसकुमार तामाङ्ले आफ्नो समुदायहरुको समस्य ,चुनौती लगायत राज्य सत्ताबाट भोग्नु परेको बिभेद्का बिषयमा चर्चा गरे ।

तामाङ समुदायको मौलिक पर्व भएकोले यसको जगेर्ना साथै प्रर्वधन गर्नको लागि तामाङ सस्कृतिक महोत्सव २०८१ आयोजना गरिएको नेपाल तामाङ घेदुङ शिवसताक्षीका उपाअध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष पेमा तामाङ्ले बताए ।
कार्यक्रममा तामाङ समुदाय मध्येका ९७ वर्षीय जेष्ठ नागरिक रत्न सम्सेर थोकर , शिवस्ताक्षी ११ का राष्ट्रिय फुट्बल खेलाडी अनन्त तामाङ्ग, शिवसताक्षी ८ हाल नेपाल सरकारको उपसचिव सन्तोष मोक्तान तामाङलार्इ सम्मान गरिएको थियो । उनीहरुलाई नगर प्रमुख थोप्राले दोसल्ला र सम्मान पत्र द्वारा प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार जीवन बोम्जन र भोइस अफ नेपाल सिजन ४ का फस्ट रनरअप सबिना योङ्गाङ्ले बेजोड साङितिक प्रस्तुति दिएकी थिइन् । तामाङ सोलो गायक समेत रहेका बोम्जनले तामाङ तथा राष्ट्रिय भाषाका गितहरु दर्जनौ प्रस्तुत गरेर उपस्थित दर्शकलाई छमछमी नचाएका थिए । त्यस्तै गायिका योङ्हाङ्ले पनि विभिन्न गायक गायीकाले गाएको गितहरु प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा वडा न. ११ का अध्यक्ष बहादुर आङ्बो, वडा न. ८ का अध्यक्ष सन्तकुमार फेवदिन,वडा नं. ४ का अध्यक्ष बिष्णु प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोनाम ल्होछारको अवसरमा १७ गते पुजा आज गरिएको १८ गते धर्म गुरुबाट प्रबचन भएको कार्यक्रममको स्वागत मन्तब्य नेपाल तामाङ घेदुङ शिवसताक्षीका सदस्य मुना तामाङले गरेकी थिइन भने सन्चालन सचिब बलिराम तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार