हल्दिबारी गाउँकार्यपालिका सदस्य सुष्मा महराले विष सेवन गरेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

उनी २०७९ को निर्वाचनमा हल्दिबारी ५ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

शनिवार बेलुकी फेसबुकमा लामाे स्टार्टस सहित फाेटाे भिडियो समेत राखि विष सेवन गरी आत्महत्याकाे प्रयास गरेको श्रोताले जनाएको छ ।

हल्दिबारी ५ बाट निर्वाचित भएपनी उनी अहिले हल्दिबारी १ गोलधापमा डेरा गरि बस्दै आएकी थिइन् ।

उनकाे ॐ साई पाथिभरा अस्पतालको आइसियुमा राखेर उपचार भइ रहेको र अवस्था चिन्ता जनक रहेको जनाइएको छ ।

उनको फेसबुकमा हालिएको स्टार्टस र फाेटाे भिडियो समेत डिलिट गरिएको छ भने प्रहरीले आवस्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
3
+1
4
+1
0
+1
12
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार