झापा, २०८१ माघ २१ । झापाको कनकाई नगरपालिका–१, जुकेकल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

आज बिहान ४:३० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा झापा गाउँपालिका–६, शरणामती निवासी अन्दाजी ५० वर्षीय हरि प्रसाद सिटौला गम्भीर घाइते भएका थिए। टाउको र निधारमा गहिरो चोट लागेका सिटौलालाई उपचारका लागि BNC अस्पताल, बिर्तामोड पठाइएको थियो।

तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ०५:१० बजे उनलाई मृत घोषित गरेका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
6
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार