हल्दिबारी गाउँपालिका सनातन धर्मसेवा समिति स्थानीय शाखा हल्दिबारीमा २ मा राधाकृष्ण मन्दिरको पालिका अध्यक्ष रवीन्द्र प्रसाद्लिङ्देन ले शिलान्यास गर्नु भएको छ ।

सनातन धर्म सेवा समिति राधाकृष्ण मन्दिरका अध्यक्ष देवनारायण चुडालको अध्यक्षता एवं पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ बन्न लागेको राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको हो ।

सनातन धर्म सेवा समिति स्थानीय शाखाको मातहतमा करिब ५ सय जना बस्न मिल्ने सामुदायिक भवन रहेको छ भने संस्थाको ३ कठ्ठा जमिन समेत रहेको बताइएको छ ।

मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख अतिथि लिङ्देन , वडा अध्यक्ष शुकलाल राजवन्सी संस्थाका पुर्व अध्यक्ष गङ्गा प्रसाद प्रसाईं , कार्यक्रमका अध्यक्ष देवनारायण चुडालले मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य लक्ष्मी प्रसाद दङ्गालले गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष गङ्गा प्रसाईले आफ्ना बुबाआमाको स्मृतिमा मन्दिर बनाउन ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको थियो । यहि बैशाख सम्ममा मन्दिर बनाई सक्ने लक्ष्यका साथ अगाडि बडेको समितिले सबैलाई आफुले सक्दो सहयोग पुर्याउन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार