हल्दिबारी, २१ माघ । हल्दिबारी गाउँपालिका ४ मा रहेको सृजनशिल आमा समुह बनाउन लागेको नवनिर्मित गणेश मन्दिरको शिलान्यास गरिएको छ ।

आमा समुहबाट बनाउन लागेको गणेश मन्दिरको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सन्तकुमार थापाले गर्नु भएको थियो ।

मन्दिर निर्माण समितिकि संयोजक राधा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थापा , वडा नम्बर ४ का वडा सचीव जय प्रसाद पोख्रेल , समुहकी अध्यक्ष होमा देवि खरेल लगायत आमा समुहका सदस्यहरुको उपस्थित रहेको थियो ।

आमा समुहको भवनको पुर्व पट्टी स्थानीय आमा गोमादेवी खरेलले आफ्ना स्वर्गीय पति र स्वर्गीय छोराको नाममा मन्दिर बनाउन १६ धुर जमिन करिब करिब १० लाख मुल्यको जमिन निशुल्क प्रदान गरेकी छ्न । मन्दिर घेराबारा सहित निर्माण सम्पन्न गर्न २० लाख खर्च हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार