हल्दिबारी, माघ २१। हल्दिबारी वडा नं-४ मा रहेको कृष्ण सागर अङ्ग्रेजी विद्यालयले सस्वती पुजाको अवसर पारेर बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

हल्दिबारी वडा नं-४ का वडा अध्यक्ष सन्तु थापामगरले उद्घाटन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक योगेश कार्किले राख्नु भएको थियो।

कार्यक्रममा वडा सदस्य सुनिल बाह्रकोटी ,कार्यपालिका सदस्य भावना दाहाल ,विद्यालय वयवस्थापन समिति अध्यक्ष गोपाल प्रसाद कार्की , अभिभावक संघ अध्यक्ष भावना मैनाली , सामाजिक व्यक्तित्व सुरेन्द्र सङ्ग्रौला , सञ्चारकर्मी अभिषेक खतिवडा तथा अभिभावक संघ पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो।

बृहत साँस्कृतिक कार्यक्रमको पानसमा दिप प्रज्जवल गरेर प्रमुख अतिथि मगरले कार्यक्रमको उद्घाटन गरे सगै विभिन्न जातजातिको साँस्कृतिक नृत्य तथा गायन विद्यार्थीले प्रस्तुत गरेका थिए। विद्यालयका कराते खेलाडीले मन्चमा ट्युलाईट ब्रेक गरे प्रदर्शन समेत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मगरले सामुदायिक विद्यालयले गर्नु पर्ने खालको कार्यक्रम आयोजना गरेर आफ्नो वडा भित्र कृष्ण सागरले छुटै खालको पहिचान स्थापित गर्दै अगाडि बढी रहेकोमा शुभकामना प्रकट गरेका थिए ।प्रमुख अतिथि सगै अभिभावक संघ अध्यक्ष भावना दाहाल मैनाली ,अभिभावक संघ सदस्य मिना खडका सिटौला लगायतले मन्तव्य राख्नु भएको थियो। विद्यालयका बिगत देखि बर्तमान सम्मका उपलब्धी सफलता र चुनौती साथै कार्यक्रमको औचित्य माथि प्रकाश स्पष्ट रुपमा प्रधानाध्यापक नितेश खरेलले गर्नु भएको थियो।

साँस्कृतिक कार्यक्रममा शारीरिक अस्वस्थय अवस्था बाट गुज्रिएका पुर्व विद्यालय अभिभावक संघ अध्यक्ष शुक्रचन मेचेलाई विद्यालयले नगद सहित सम्मान तथा स्वास्थ्य लाभको कामना व्यक्त गरेको थियो। उहाँ सगै विद्यालयले स्थापनाकाल देखि हाल सम्म कार्यरत शिक्षक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा संयोजकको भुमिकामा रहेर उत्कृष्ट कार्य सम्पदान गर्नु हुने शिक्षकहरु लाई सम्मान गरिएको हो। सगै करातेमा २५ केजि तौल सम्म मा जिल्ला स्तरीय कराते प्रतियोगितामा हल्दिबारी लाई प्रतिनिधित्व गर्दै तृतीय हुने विद्यार्थी आरध्या दाहाल र पालिका स्तरीय ४० केजि तौल सम्म मा दोस्रो हुने तृष्णा मेचे र तृतीय हुने युसन गहतराजलाई पनि सम्मान गरिएको थियो।

विद्यालयमा सस्वती पुजाको अवसर पारेर विभिन्न कक्षा अध्ययन गर्ने ३५ जना नयाँ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक खरेलले जानकारी दिएका छन। विद्यालयका औपचारिक कार्यक्रमको अध्यक्षता रेम खरेलले गर्नु भएको थियो भन्ने कार्यक्रमको संचालक सुवासना राई र युनिशा न्यौपानेले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार