हल्दिबारी, २१ माघ । हल्दिबारी ५ मा रहेको शान्ति प्राथमिक विद्यालयमा सरस्वतीको मन्दिर उप्रेती परिवारले बनाइदिएका छ्न् ।

हल्दिबारीका काङ्ग्रेस नेता समेत रहेका गङ्गा प्रसाद उप्रेती र उनकी धर्मपत्नी त्यस विद्यालयको पुर्व शिक्षक भोजकला पौडेलले करिब ७० हजारको लागतमा मन्दिर बनाइदिएको विद्यालयले जनाएको छ ।

उनिहरुले आफ्ना स्वर्गीय हजुरबुबा टिकाराम उप्रेती र हजुरआमा मनोधरा उप्रेतीको स्मृतिमा विद्यालयमा मन्दिर बनाएर आज सरस्वती पुजाको अवसरमा वडा अध्यक्ष खडग लावतीको हातबाट उद्घाटन समेत गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष फुलमाया तावा लिम्बुको अध्यक्षता एवं वडा नम्बर ५ का वडा अध्यक्ष खड्ग लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर उद्घाटन गर्दै बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लावती , दाता भोजकला पौडेल उप्रेती , विद्यालयका प्रअ चन्द्र प्रकाश राई , कार्यक्रम को अध्यक्ष तावा लगायतले मन्तव्य राखेको कार्यक्रमको सहजीकरण शिक्षक भगिरथ अधिकारीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
9
+1
6
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार