झापा, माघ २२ । झापामा आजदेखि महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ किशोरीलाई खोप लगाइनेछ।

माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने यो अभियानमा कक्षा–६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइनेछ।

झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयंसेविका परिचालन गरिनेछ।

खोप अधिकृत राजकुमार पोखरेलका अनुसार सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालय, एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन्।

स्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार विभिन्न स्थानीय तहमा निम्न संख्याका किशोरीहरूलाई खोप दिइनेछ: मेचीनगर नगरपालिका – ७,०६४, बुद्धशान्ति गाउँपालिका – ३,१७९, अर्जुनधारा नगरपालिका – ३,६४९, कनकाई नगरपालिका – ३,०९९, शिवसताक्षी नगरपालिका – ३,८७८, कमल गाउँपालिका – २,७४४, दमक नगरपालिका – ६,५२३, गौरादह नगरपालिका – ३,११९, गौरीगञ्ज गाउँपालिका – २,०५०, झापा गाउँपालिका – २,०३५, बाह्रदशी गाउँपालिका – १,९९५, बिर्तामोड नगरपालिका – ७,५६३, हल्दिबारी गाउँपालिका – १,८०६, भद्रपुर नगरपालिका – ३,८५३ र कचनकवल गाउँपालिका – २,४४२

एचपीभी भाइरसका २०० भन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण हुन्। झापामा माघ २२ देखि २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार