प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई अतिरञ्जित रूपमा ‘अमला काण्ड’ भन्दै प्रचार गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले युट्युब च्यानल तथा फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको छ। पीडित, आरोपित, शिशु र परिवारको गोपनीयता उल्लङ्घन गर्ने, चरित्रहत्या गर्ने सामग्री प्रसारण गर्ने च्यानलहरू पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको ठहर गरिएको छ।

त्यसैले, काउन्सिलले यस्ता च्यानलहरूलाई कारबाही अघि बढाउँदै नेपाल प्रहरी (साइबर ब्युरो) लाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचारसमेत गरेको छ। साथै, पत्रकारिताका मूल्य–मान्यता विपरीत समाजमा घृणा, उत्तेजना तथा अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गर्दै जिम्मेवार पत्रकारिता गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
35
+1
1
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार