माघ २४ गते, हल्दिबारी ३  पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई खोप प्रदान गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ।

नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागमार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान २०८१ सञ्चालन गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुनेछ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिने व्यवस्था गरिएको छ।

विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट यो अभियान सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ। यो खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अति महत्वपूर्ण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार