झापा । झापाको कनकाई नगरपालिका-१ विमल चौतारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ निवासी २४ वर्षीय सुमित शाह रहेका छन्। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भयो।

आज बिहान दुर्गापुरबाट खुदुनाबारी जाँदै गरेको मे. १० प २६२४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ शाह पनि घाइते भएका छन्। उनको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
1
+1
0
+1
23
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार