अभिषेक खतिवडा/हल्दिबारी माघ २४। हल्दिबारी वडा नं-३ को सभाहलमा हिजो बिहीबारदेखि १ महिनाका लागि सिलाई कटाई तालिम सुरु गरिएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत शिलाई कटाई तालिम हिजो एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो।

वडा सदस्य बिष्णु माया तिम्सिना ढुङ्गेल (कमला) को अध्यक्षतामा शुरु गरिएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी वडा नं-३ का वडा अध्यक्ष बिष्णु ओली रह्नु भएको थियो । कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी , अजित बिष्ट र वडाका कर्मचारी लगायत अतिथिको रुपमा उपस्थिति रह्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ओलीले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । ओलीले तालिममा सहभागी भएर व्यवसायी रुपमा अगाडि बढन सहभागीहरु लाई सफलताको कामना व्यक्त गर्नु भएको छ । त्यस्तै वडा सदस्य भण्डारी र बिष्टले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो।

वडाको बजेटबाट स्थानीय २० जना महिलाहरुलाई महिला सशक्तीकरण अन्तर्गत बजेट बिनयोजन गरेर सिलाई कटाई तालिम संचालन गरिएको छ । तालिम एक महिना संचालन गरिने छ । प्रशिक्षक दुर्गा बनले दिने तालिममा स्वागत मन्तव्य वडा सदस्य शर्मिला विश्वकर्माले राख्नु भएको उद्घाटन कार्यक्रमको सञ्चालन एवम सहजीकरण वडा सचिव राजन खतिवडाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार