झापा, बिर्तामोड। झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब ५ः३० बजे बिर्तामोड नगरपालिका-२ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बिर्तामोड-६ जलकन्या निवासी ६५ वर्षीय चन्द्रकला राईको ज्यान गएको हो।
पैदल हिँडिरहेकी राईलाई अज्ञात सवारी साधनले ठक्कर दिएपछि स्थानीयले घाइते अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
ठक्कर दिने सवारी साधनको पहिचान तथा खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
1
+1
+1
6
+1