झापा, फागुन २४ – झापाको भद्रपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ घोडामारा निवासी २१ वर्षीय युवक रहेका छन्।
शुक्रबार बिहान प्रहरीले उनलाई घोडामारा प्रहरी चौकीबाट खटिएको टोलीद्वारा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, झापा बुझाएको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1