झापा, २०८१ माघ २५ – नेपाल टेलिकमको करिब २०० मिटर तामाको तार चोरी गरी लैजाँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८१ माघ २४ गते राति, झापाको भद्रपुरमा खटिएको वडा प्रहरी कार्यालयको टोलीले बिर्तामोड नगरपालिका-८, गरामनी बस्ने २३ वर्षीय अजय लामालाई तार र तार काट्न प्रयोग गरिने औजारसहित नियन्त्रणमा लिएको हो।

हाल उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार