इलाममा कुुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदैथियो ।

काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (फाइल तस्बिर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
2
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार