इलाम, फागुन २६ । इलाम नगरपालिका–६ स्थित इलाम होमस्टेमा काम गर्ने तीनजना कामदारले मिलेर आफ्नै साहुलाई निर्घात कुटपिट गरेका छन्।

गएराति करिब १:३० बजे होमस्टेका साहु ५२ वर्षीय दुर्गाबहादुर दाहाललाई सोही होमस्टेमा काम गर्ने अशोक श्रेष्ठ (२६), राम श्रेष्ठ (३०) र मधु श्रेष्ठ (२९) ले मिलेर कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार कुटपिटबाट घाइते दाहालको बाँया आँखा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ।

यस घटनामा संलग्न तीनै जनालाई राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ भने कुटपिट गर्नुको कारण भने खुलिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार