सल्यान । आठ दिनदेखि जारी दोस्रो बृहत् सल्यान महोत्सवमा भीषण आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षति भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवको स्टल क्षेत्रमा गएराति अचानक आगो लागेको हो।

प्रतिष्ठानका सचिव नोखिराम थापाका अनुसार, गएराति ११ बजे आगलागी सुरु भएको थियो। महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीका कारण करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

सल्यान प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय बासिन्दाको सक्रियतामा राति नै आगो नियन्त्रणमा ल्याइएको थियो। हालसम्म आगलागीको कारण खुल्न सकेको छैन, भने विस्तृत अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार