काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित फर्पिङमा स्कुल बस दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको छ।
दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो करिब ४ बजे जुनकिरी इंग्लिस स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त भएको फर्पिङ प्रहरीले जनाएको छ। बसमा करिब ५० जना विद्यार्थी सवार थिए। दुर्घटनामा परेर बस चालक र तीन विद्यार्थीको मृत्यु भएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार घाइते विद्यार्थीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
4
+1