पाथीभरा केवलकार विरोधी समूहले सरकारसँगको वार्ता निष्कर्षविहीन रहेको भन्दै सात बुँदे संघर्ष कार्यक्रमसहित पुनः आन्दोलनको घोषणा गरेको छ।
माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई समूहको बहिष्कार, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऊ पदयात्रा’, फुङलिङ नगरपालिका कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी रोक्न आग्रहलगायत कार्यक्रमहरू घोषणा गरिएको छ।
त्यसैगरी, काठमाडौं, इटहरी, विर्तामोडमा विरोधसभा, कोशी प्रदेशका जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोधपत्र बुझाउने, विदेशस्थित दूतावासबाट विरोधपत्र पठाउने तथा अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने कार्यक्रम तय गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1