(फाइल तस्बिर)) कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी भीमदत्त नगरपालिका-१३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका-१६ का २१ वर्षीय कैलास सिंह साउँदको ज्यान गएको प्रहरी डिएसपी उमेश जोशीले जानकारी दिए।

सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र. ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार