हल्दिबारी , २९ माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको ७ वटा स्थानीय तहले भोलि बुधबार सार्वजनिक बिदा दिएका छन् ।
झापाको भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका ,हल्दिबारी गाउँपालिका, बाह्रदशी, झापा , कमल र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छ्न ।
पालिकाहरुले आज सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा दिएका भने भोलि भद्रपुरको किच्चकबधमा सालिन्दा विशाल मेला लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1