गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग कानुनी रूपमा सम्बन्ध विच्छेद गरेकी छन्। केही समयअघि सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी उनले मंगलबार औपचारिक रूपमा अलग भएको घोषणा गरेकी हुन्।

फेसबुक पोस्टमार्फत उनले अब आफूहरू कानुनी रूपमा अलग भएको उल्लेख गर्दै लेखेकी छन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रूपमा आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।”

पत्नीका रूपमा पाउने सम्पत्ति समेत त्यागेको उल्लेख गर्दै उनले थपेकी छन्, “मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।”

उनले विवाहलाई केवल फेरा, चुरा, सिन्दुर, लगनगाँठो र कानुनी दर्तासँग मात्र नभइ भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य आधार भएको बताएकी छन्।

एलिना चौहान र विष्णु सापकोटाको विवाह तथा दाम्पत्य जीवनबारे उठेका विभिन्न चर्चाका बीच उनीहरूले सम्बन्ध अन्त्य गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार