हल्दिबारी , ३० माघ । झापा हल्दिबारीका समाजसेवी भरत कुमार सुवेदी ” सुब्बा बा ” को निधन भएको छ ।
उहाँको गएराती २०८१ माघ २९ गते ११:२० मा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
१९८७ साल जेठ १३ गते जन्मिनु भएका सुब्बा बा झापाको हल्दिबारी हुँदै हाल भद्रपुर नगरपालिका , चन्द्रगढी स्थित सरस्वती टोलमा बस्दै आउनु भएको थियो ।
लामो समय सरकारी सेवामा रहदै साविक जलथल – ७ मा बसोबास गर्दै आउनु भएका सुवेदी यस क्षेत्रका परिचीत समाजसेवीको रूपमा चिनिनु हुन्थ्यो । हाल चन्द्रगढी बसोबास गरेपनी उहाँको मन भने हल्दिबारीमै रहेको पाइन्थ्यो ।
सुब्बा बा का ५ छोरा २ छोरी रहेका छ्न । उहाँको पार्थिक शरीरको आजै विहानकाे ११ वजे विश्रान्तिघाट देवनियामा दाह संस्कार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
2
+1
2
+1
+1
10
+1
2