हल्दिबारी, ३० माघ । महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेला आज बुधबार, माघे शुल्क पूर्णिमा भव्य रूपमा लाग्दैछ।

झापाको भद्रपुर नगरपालिका–२ र ३ मा पर्ने किचकबध धार्मिक स्थलमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको किचकबध धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिले जनाएको छ।

यस धार्मिक स्थलको मुख्य आकर्षण किचकबध पोखरी हो, जहाँ माघे शुल्क पूर्णिमाका दिन स्वतःस्फूर्त रूपमा पानी आउने धार्मिक विश्वास छ। भक्तजनहरू यो पोखरीमा नुहाउँदा मनोकामना पूरा हुने मान्यता राख्छन्।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी चढाउने, परेवा उडाउने, भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा पूजा गर्ने गर्छन्।

महाभारतकालीन किंवदन्तीअनुसार, विराट राजाका सालो कीचक सेनापति थिए। उनले पाँच पाण्डवकी रानी द्रौपदीलाई हेरा गरेका कारण भीमसेनले मुड्क्याएर वध गरेको कथा प्रचलित छ। यही कथालाई आधार मानेर यस स्थानको नाम किचकबध रहन गएको हो।

मेलामा झापा लगायत पूर्वका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार