भारतको मध्य प्रदेश राज्यको जबलपुर जिल्लामा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। उक्त बस उत्तर प्रदेशमा जारी महाकुम्भ मेलाबाट तीर्थयात्रीहरूलाई लिएर फर्किंदै थियो।
दुर्घटना सिमेन्ट बोकेको ट्रक र तीर्थयात्रु सवार बस आपसमा ठोक्किँदा भएको हो। स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा थियो र सडकको गलत दिशामा गुडिरहेको थियो।
दुर्घटनामा परी मृत्यु हुने सबै जना भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्। बसमा अन्य केही यात्रु पनि घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1