हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष खड्ग लावतीलाई पृतिशोक परेको छ। उनका पिता भिम बहादुर लावतीको ९२ वर्षको उमेरमा शारीरिक अस्वस्थताका कारण निधन भएको हो।
शुक्रबार बिहान ७ बजे वडा अध्यक्षको निवास हल्दीबारी–५, कञ्चनश्री बजारमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्व. लावतीको शान्ति सामुदायिक वनको आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ।
स्व. लावतीका वडा अध्यक्ष खड्ग लावतीसहित तीन छोरा, एक छोरी, पाँच नाति, पाँच नातिनी, एक पनाती र एक पनातिनी छन्। उनकी श्रीमती स्व. हर्क माया आङ्वो लावती र एक छोरा स्व. छत्र बहादुर लावतीको यसअघि नै निधन भइसकेको छ।
शोकाकुल लावती परिवारले शुद्धियाई कार्यक्रम १२ गते सोमबार निज निवास कञ्चनश्रीमा आयोजना गर्ने जानकारी दिँदै सम्पूर्णलाई उपस्थित हुन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
2
+1