अर्जुनधाराको क्रसरमा टिपरले किच्दा हल्दीबारीका युवकको मृत्यु

झापा – अर्जुनधारा-७ स्थित मधुजिता क्रसरमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। क्रसरमा कार्यरत जेसिभी अपरेटर २४ वर्षीय मोहन किस्कुको घर फर्किने क्रममा टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

कम्पनीबाट बिदा लिएर हल्दीबारी-२ स्थित घर जान लागेका किस्कुलाई मे २ प २१११ नम्बरको मोटरसाइकलमा यात्रा गर्दै गर्दा को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो। घटनास्थलमै गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताइएको छ।

मृतक किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको थियो। पूजा कार्यक्रममा जानका लागि उनी साथीको मोटरसाइकल लिएर निस्किएका थिए।

यो दुर्घटनासँगै अर्जुनधाराका क्रसर क्षेत्रमा हुने दुर्घटनाको संख्या बढ्दै गएको छ। दुई वर्षअघि सोही स्थानमा रहेको अर्को क्रसरमा पनि टिपरको ठक्करबाट एक कर्मचारीको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
15
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार