फाल्गुन ०५ गते।हल्दिबारी गाउँपालिका वडा नं-३ मा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत च्याउ खेती प्रविधि सम्बन्धि ४ दिने तालिम सञ्चालन सुरु गरिएको छ ।

वडा अध्यक्ष बिष्णु ओलीको अध्यक्षता मा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन प्रमुख अतिथि रह्नु भएको थियो। कार्यक्रमको ब्यानर वाचन गरी लिङ्देनले औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो।

उक्त कार्यक्रम हल्दिबारी वडा नं-३ शिकारीबारीमा उदव गुरागाईको निवासमा प्रयोगात्मक शैलीले सुरु गरिएको थियो।

कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी ,अजित बिष्ट,कृषि प्राविधिक विपना शिलवाल सगै प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष लिङ्देन र वडा सदस्य कर्ण भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रशिक्षार्थीलाई हौसला प्रदान गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य सहित तालिमको औचित्य माथि प्रकाश प्राविधिक शिलवालले गर्नु भएको थियो भन्ने सञ्चालन एवम् सहजीकरण गाउँपालिका सामाजिक परिचालक मिना देवी उप्रेतीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार