हल्दिबारी रेडक्रस सभाहल भवनको माननीय चुडालबाट शिलान्यास 

हल्दिबारी ,फाल्गुन ७ । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिबारीको नवनिर्मित सभाहल भवनको कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडालले धार्मिक बिधिबाट  शिलान्यास गर्नु भएको छ ।

कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय मार्फत प्राप्त २० लाख अनुदानबाट  ६६ फिट लम्बाइ र २८ फिट चौडाइ भएको सभाहल  निर्माण हुन लागेको हो ।
नेपाल रेडक्रस सोसाइटीको अनुरोधमा माननीय चुडाल मार्फत उक्त भवन निर्माण गर्न २० लाख उपलब्ध भएको उपशाखा सभापति कर्णखर प्रसाईंले बताउनुभयो
सभाहल शिलान्यास कार्यक्रममा वडा अध्यक्ष शुकलाल राजवंशी  , नेकपा एमाले हल्दिबारी गाउँ कमिटी सचिव हरिकृष्ण अधिकारी , रेडक्रस उपशाखाका पदाधिकारी ,स्थानीय प्रहरी ,संचारकर्मी  एवं शुभ चिन्तकहरुको उपस्थित रहेको थियो ।
 सभाहलमा  कार्यक्रम गर्न सजिलो हुने र करिब ३/४ सय जना बस्नसक्ने भवन निर्माण हुनलागेकोले समेत हल्दिबारीमा हुने विभिन्न कार्यक्रमलाई सहयोग पुग्ने उपशाखा सचिव कृष्ण प्रसाईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार