बिर्तामोड । इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै बुबाछोराको मृत्यु भएको छ ।
आज साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय ६ खादीगाउँ बस्ने वर्ष अन्दाजी ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा वर्ष अन्दाजी ७० का पवनकुमार राई गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक दीर्घ राइको राति ८ः१२ बजे र उनका बुबा पवनकुमार राईको ८ः२१ बजे उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल ,टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ। टाइम अफ प्रदेशबाट