झापा, १० फागुन ।  झापाको बुद्धशान्ती गाउँपालिका-२, खतिवडा चौकस्थित जयपुर-शनिश्चरे सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएकी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजे मे.९ प. ७४८२ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिँदा गम्भीर रूपमा घाइते भइन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बी&सी अस्पताल लैजाने क्रममा चिकित्सकले साँझ ३:५० मा मृत घोषणा गरेका हुन्।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार २४ वर्षीय रविन गड्तौलाको हात र खुट्टामा चोट लागेको छ, जसको सिटी अस्पताल, बुधबारेमा उपचार भइरहेको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका-१० का २१ वर्षीय भुवन न्यौपानेलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार